काठमाडौं । अभिनेता भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । हालै, चलचित्र विकास बोर्डका अध्यक्ष बन्नु भएका केसीको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

रिटमा अध्यक्ष नियुक्ति हुनका लागि केसीको योग्यता नपुगेको कुरा उल्लेख छ । विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले नै रिट दिएका छन् ।

उनीहरुले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने प्रावधान रहेको छ । तर केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गर्नुभएको छ ।

जसकारण नियुक्ति बदरको माग गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु