काठमाडौं । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ ।

दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ । राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रिर्कड गरेको राष्ट्रपति युन सुक–योलले बताउनुभएको छ ।

यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभरफ्लो मेट्रो स्टेशनबाट हिंडिरहेको देखाएको छ ।

बाढीका कारण मृत्यु भएका ११ जनामा छ जना सोल, तीन जना ग्योन्गी र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ । बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ ।

पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित खबरहरु