काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सवै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिनुभएको छ ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिनुभएको हो ।

उहाले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताउनुभयो ।

यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वश्निय तवरले निर्वाचन सम्पनन भएको उहाको भनाई छ ।

उहाले आफ्नो कार्यकालमा बिगतको महानिरिक्षकका कामहरुलाई निरन्तरता दिदै आएको र संगठनको लक्ष्य अनुसार काम अघि बढाएको धारणा राख्नुभयो । महानिरीक्षक सिंहले प्रहरीको बढुवा न्यायसंगत नै भएको दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंह नेतृत्वका आएपछि भएका र भावी योजनाहरुका बारेमा जानकारी गराइएको थियो ।

सम्बन्धित खबरहरु