काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको कार्यदल बैठकमा दलहरु संसदमा हाल रहेको उपस्थीतीलाई बेस बनाएर आगामी निर्वाचनको सिट बाँडफाँटको मोडालीटि बनाउन सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउर्दै तालमेलको खाका बनाउने मोटामोटी सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो ।

उहाले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने बिषयमा बैठकमा सकारात्मक रुपमा छलफल भएको बताउनुभयो । बिगतमा भएका निर्वाचन र अहिलेका संसदमा रहेको उपस्थीतिको आधारलाई मानेर सिट बाँडफाँटको मोडालीटिमा थप छलफल हुने र निष्कर्षमा पुगिने उहाले बताउनुभयो ।

उहाले स्थानीय तहको निर्वाचनको तथ्याङ्क फरक फरक आएका कारण अहिले संसदमा हाल रहेको उपस्थीतीलाई जोड दिईएको जानकारी दिनुभयो । गठबन्धनको बैठक साउन ३० गते बस्ने र निर्वाचनको सिट बाँडफाँटको मोडालीटि टुङ्गो लगाउने बताउनुभयो ।

सम्बन्धित खबरहरु