काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ ।

महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जानकारी दिनुभयो ।

आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेन (बालेन्द्र) साहको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै कार्यपालिका सदस्यहरुले आवाज उठाएपछि करारमा कर्मचारी राख्ने ऐजेण्डा रोकिएको छ ।

आजको कार्यपालिकामा १३ वटा एजेण्डामध्ये फोहोर व्यवस्थापनको ऐजेण्डा मात्रै छलफल भएको हो ।

जसरीपनि ईन्जिनियर, डाक्टर र नर्स नियुक्त गरेर महानगरवासीको घरघरमा नै सेवा दिने बालेनको योजना छ । यसमा उपमेय सुनिता डंगोलकोपनि सहमति छ ।

सुनितालेपनि अब असक्त, वृद्धवृद्धालाई घरमा नै स्वास्थ्य सेवा दिनुपर्ने योजना अघि सार्नुभयो । बालेनलेपनि सडक वा वस्तीमा भौतिक क्षति वा समस्या हुनेवित्तिकै ईन्जिनियर र कामदार पठाएर तत्कालै समाधान गर्ने लक्ष्य राख्नुभएको छ ।

काठमाडौंमा बस्न युरोप, अमेरिकाकै जस्तो सहज हुनेगरी आफूहरुको कार्यकालमा काम गर्ने उहाँहरुको योजना छ ।

सम्बन्धित खबरहरु