काठमाडौं । विद्यालय विद्यार्थीका लागि दोश्रो घर मात्रै नभएर ज्ञानको मन्दिर पनि हुन्छ ।

तर कहिलेकाँही यस्तो घटना त्यहाँ हुन्छन्, जसले सबैलाई हैरान बनाउँछ । यस्तै एक घिनलाग्दो दृश्य भारत, आसामको एक कलेजमा देख्नुपर्यो ।

त्यहाँका सात विद्यार्थीहरू खाजा समयमा कक्षाभित्र अनुचित (यौन) कार्यमा लिप्त अवस्थामा पाइएको हो । त्यसपछि सबैलाई कलेज आउनबाट रोकिएको छ ।

जानकारी अनुसार कक्षा ११ का छात्र र छात्राहरूको समूहले एकअर्कालाई अँगालो हालेर कक्षामा आपत्तिजनक काम गर्दै थिए । यो कुरा बाहिर कसरी आयो भन्ने कुरा थप रोचक छ ।

सोही कक्षाका अर्का विद्यार्थीले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि विद्यार्थीहरूको कालो कतुर्त बाहिर आएको हो । यो घटना आसाम राज्यको एक निजी संस्थानको भएको खुलेको छ ।

सिलचरस्थित रामानुज गुप्ता कलेजमा यो सब भएको थियो । भिडियो भाइरल भएपछि आम मानिसहरूले विद्यार्थीहरूको आलोचना गरेका छन् । कतिपयले कलेज प्रशासनलाई पनि दोष दिए । उक्त भिडियो बुधबार कलेज प्रशासनको ध्यानाकर्षणमा आएको थियो ।

त्यसपछि लगत्तै सात विद्यार्थीलाई कलेज जानबाट रोकियो । सातमध्ये चारजना केटी र तीनजना केटा थिए । कलेजले विद्यार्थीहरूलाई अश्लील कार्यमा स्पष्ट रूपमा संलग्न रहेको भन्दै सूचना जारी गरेको छ ।

जारी सूचनमा भनिएको छ, ‘कलेजका अनुसार यस्ता क्रियाकलाप संस्थाको अनुशासनको घोर उल्लङ्घन हो । तसर्थ, गल्ती गर्ने विद्यार्थीहरूलाई अनिश्चितकालको लागि कक्षामा उपस्थित हुनबाट निलम्बन गरिएको छ ।’

कलेजका प्रधानाध्यापक (प्रिन्सिपल) पूर्णदीप चन्दले भन्नुभयो, ‘शिक्षक नहुँदा विद्यार्थीहरूले टिफिन आवार (खाजा समय) मा यस्तो घृणित कार्य गरेका थिए । कलेजमा सीसीटीभी क्यामेरा छन् ।

क्याम्पसमा मोबाइल फोन पनि निषेध गरिएको छ ।’ उहाँका अनुसार ती विद्यार्थीहरू कक्षा ११ को नयाँ ब्याचका हुन् । उनीहरु कलेज भर्ना भएको एक महिना पनि भएको थिएन् ।

उनीहरु कलेज आउन थालेको १५ दिन पनि भएको छैन । यसबीच कलेज प्रशासनले ती सात विद्यार्थीका अभिभावकलाई पनि बोलाएको छ । कलेजले थप कडा कारबाही गर्दै विद्यार्थीलाई संस्थाबाट निष्कासन गर्न सक्ने चेतावनी समेत दियो ।

सम्बन्धित खबरहरु