काठमाडौं । आज देशका लागि अति दुखद दृष्य बाहिर आएको छ ।

न्याय नपाएर प्राण त्याग गर्न एक नेपाली छोरीले आत्मदाहको प्रयास गरेकी छिन् । त्योपनि राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी हुन् ।

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी हुन् ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल समेत खन्याएकी थिइन् । तर प्रहरीले उनलाई बालबाल बचाउन सफल भएको छ ।

आगो लगाउँनै आट्दा प्रहरीले नियन्त्रणमा लिन सक्यो । यसअघि, राजपुत आफ्नो बच्चाको डीएनए जाँचको माग गर्दै अनसन पनि बसेकी थिइन् ।

घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको उनको आरोप छ ।

सोही कारण पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । उनले जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको बताउँदै आएकी छिन् ।

श्रेष्ठले सो घटनाको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल पनि गरेका थिए । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगिन्, जहाँ उनको मुद्दा विचाराधीन छ ।

उनले आफू साथीको घरमा पढ्न गएका बेला साथीको दाजुले बेहोस हुने औषधि सेवन गराएर बलात्कार गरेको अभियोग लगाएकी छिन् ।

त्यही बलात्कारबाट गर्भवती भएको र छोरा जन्मिएको उनको दावी छ । उनले छोराको डीएनए परीक्षण गरेर बायोलोजिकल बाबुको टुंगो लगाईदिन माग गरेकी छिन् । तर प्रशासन र न्यायलयले त्यो स्वीकार गरेको छैन ।
भिडियो हेर्नुहोस्

https://youtu.be/GLswmusPfvA

सम्बन्धित खबरहरु