काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत 'ढल्केला ढल्केला' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कमल खत्री र अनिता लिम्बुको शब्द ,संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाइ हट अवतारमा प्रस्तुत गरिएको छ ।

कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको 'ढल्केला ढल्केला' को भिडियोलाइ मोडेल एबम यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल ( Anita Limbu ) बाट सार्वजनिक गरिएको हो ।

साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिनु भयो ।

जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्ने पर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधीहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।

https://www.youtube.com/watch?v=5f7WhIYEyHQ

सम्बन्धित खबरहरु