काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको ‘प्रेमगीत ३’ को टिजर अन्नत: सार्वजनिक भएको छ ।

नेपालसहित विश्वभर एकसाथ असोज ७ गतेदेखि प्रर्दशन हुन लागेको सो चलचित्रको हिन्दी र नेपाली टिजर जारी भएको हो ।

नेपालको मनाङ, मुस्ताङ जस्ता ठाउँमा करिब २–३ महिना लगाएर छांयाकन गरिएको प्रेमगीत ३ लाई विशेष महत्वका साथ लिइएको छ ।

शनिबार ‘ओएसआर डिजिटल’ ले नेपाली भाषामा र ‘स्पार्कलिन स्टुडिओ’ ले हिन्दीमा टिजर सार्वजनिक सार्वजनिक गरेका हुन् ।

१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । रोचक कुरा के भने, प्रेमगीतको पहिचान चाहिँ रोमान्स नै हो ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकार अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशन रहेको छ ।

https://youtu.be/RpoFTgWRfJ4

https://youtu.be/8pn7CPRmS-g

सम्बन्धित खबरहरु