काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निहारिका राजपुतलाई भेट्नु भएको छ । मेयर शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेट्नु भएको हो ।

बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका माइतीघरमा लामो समयदेखि आन्दोलनरत हुनुहुन्छ । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएको थियो ।

त्यसपछि आन्दोलन रोकियो । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुन: काठमाडौं आइन् । सो, क्रममा उहाँले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गर्नुभयो । तर उहाँको प्रयासलाई प्रहरीले विफल पारेको हो ।

उहाँलाई मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ । अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले माग जायज भएको उल्लेख गर्नुभयो ।

उहाँले लेख्नु भएको छ, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

सम्बन्धित खबरहरु