काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई एक खुला चुनौती दिनु भएको छ ।

अध्यक्ष ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गर्दै अरुलाई पनि गर्न चुनौती दिनु भएको हो ।

शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

आफूले सबै सम्पत्ति राज्यको नाममा गरिदिएको उल्लेख गर्दै उहाँले घर, घडेरी, बैंक ब्यालेन्स सबै दान गरिसकेको जानकारी गराउनुभयो ।

यसैबीच उहाँले आफूले जस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ? भनेर प्रश्न गर्नुभयो ।

अर्कोतिर, उहाँले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरेको आरोप समेत लगाउनुभयो ।

एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उहाँको भनाई थियो ।

एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याउने देखेर डराएका दलहरु गठबन्धन सठबन्धनतर्फ लागेको जनाउनुभयो ।

पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्दै आठ दल बनाउन लागेको आरोप पनि उहाँको छ ।

एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने उहाँको सोचाई रहेको छ । नेपाली कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको जनाउनुभयो ।

सम्बन्धित खबरहरु