काठमाडौं । न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ ।

उहाँका सहयोगीले ‘द न्युयोर्क टाइम्स’ लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ ।

सहयोगी एन्ड्रयु वाइलीले भन्नुभयो, “सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र उहाँको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ ।”

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिनुभएको थियो ।

निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उहाँका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पु¥याइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ ।

उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँ अहिले बोल्न सक्ने अवस्था हुनुहुन्न र उहाँको एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ ।

उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए ।

कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लगेका थिए । श्रोताहरूमध्ये कै एक चिकित्सकले उहाँको प्राथमिक उपचारमा सघाएका थिए ।

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ ।

छुरा प्रहारको कारण भने खुल्न सकेको छैन । स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उहाँलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्युटमा आक्रमण भएको हो ।

चौटौक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।”

चाउटाउक्वाका नियमित सहभागी सदस्य लेभानले भन्नुभयोे, “शंकास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरै पटक छुरा हान्ने कोसिस गरिरहेका थिए ।

सम्बन्धित खबरहरु