धार्मिक ब्यूरो । ज्योतिषमा मेष राशिलाई महत्त्वपूर्ण स्थान दिइएको छ।

कालपुरुषको कुण्डलीमा मेष राशिलाई पहिलो स्थान मानिन्छ। मेष राशि भएका व्यक्तिहरूमा के के छन् विशेष कुरा, जानौं।

मेष व्यक्तित्व : मेष राशिका व्यक्ति साहसी हुन्छन्, हार कहिलै मान्दैनन् । केही कुराबाटपनि पछि हट्दैनन् । मेष राशि को प्रतीक एक भेडा हो, जो निडर र साहसी छ।

त्यसैले भनिन्छ कि मेष राशि भएका व्यक्तिहरु धेरै बहादुर हुन्छन्, सबैभन्दा खराब परिस्थितिलेपनि यी मानिसहरूलाई डराउन सक्दैन।

मेष राशिका मानिसहरू आफ्नो धुन (लक्ष्य) मा धेरै दृढ हुन्छन् । उनीहरूले हातमा लिएको काम पूरा गरेपछि मात्र अरु तर्फ ध्यान दिन्छन् । तिनीहरू आफ्नो लक्ष्यमा पूर्ण ध्यान दिन्छन्। तिनीहरू आफ्नो स्वतन्त्र इच्छाले आफ्नो जीवन बिताउँछन्।

मेष राशिका व्यक्तिहरु सफल व्यवसायी, इन्जिनियर तथा डाक्टर बन्न सक्छन् । यससँगै प्रहरी र आर्मीमा पनि सफलता पाउँछन् । भूमि, वाहन आदिको सुख पनि प्राप्त हुन्छ। विदेशबाट पनि फाइदा लिन्छन् ।

मेष राशिको स्वामी मंगल हो। जुन साहसको कारक हो। मंगल ग्रहलाई रगत र युद्धको कारक पनि मानिन्छ। मेष राशिका व्यक्तिहरूले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्छ। उनीहरु छिट्टै रिसाउँछन् ।

मेष राशिका व्यक्तिहरू रणनीति बनाउनमा पनि माहिर मानिन्छन्, उनीहरूले कुनै पनि काम गर्नु अघि कार्य योजना बनाउनु पर्छ, उनीहरूको यो गुणले उनीहरूलाई जीवनमा ठूलो सफलता दिन्छ।

 

सम्बन्धित खबरहरु