काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको भन्दै रुवाबासी गर्न थाल्नुभएको छ ।

यो अवस्था आम नेपालीकोपनि हो र मेरोपनि हो । मसँग उपचार गर्ने पैसा छैन उहाँले भन्नुभयो ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उहाँले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताउँनुभयो ।

आफू र श्रीमतीलाई ठूलो समस्या परे उपचार गर्ने रकमपनि छैन, यो बेचेर चलाउँ भन्ने अचल सम्पत्ति समेत नभएको ओलीको दुखेसो छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताउनुभयो ।

त्यो यसो आएका पाहुनाहरुलाई चिया, खाजा ख्वाउँदैमा सकिने उहाँको भनाई थियो ।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उहाँले भन्नुभयो, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ ।

किनभने दान गरिसकेको छु ।’ तर मलाई विश्वास छ मलाई माया गर्ने धेरै हुनुहुन्छ, उपचार नपाएर ओछ्यानमा नै पर्नुपर्ने दिन नआउँला ।

सम्बन्धित खबरहरु