काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ भन्ने तर्क गर्नुभएको छ ।

आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई उहाँको आग्रह छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भन्नुभयो, आफू भन्दा जेष्ठको कुरा सुन्नुपर्छ, अघि बढ्नपनि सिक्नुपर्छ । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ’ उहाँले भन्नुभयो ।

युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उहाँहरुको योगदान भुल्न नहुने बताउनुभयो ।

उहाँले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको बताउनुभयो ।

युवा शक्तिलाई सदुपयोग गरेर नै देशको मुहार फेर्न सकिने भएकाले युवाहरुसँग हातेमालो गर्न आफूहरु तयार रहेको ओलीको भनाई थियो ।

उहाँले तर जन्मे नेपालमा कति भाग्यमानी ।’ आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उहाँले बताउनुभयो । उहाँको गीतपनि आउँदै गरेको जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबरहरु