काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा फेरि संकटमा पर्ने देखिन्छ ।

यसअघिपनि पटक–पटक नेता शेखर कोइरालाले गुटको बैठक बोलाएर आफूलाई चेपुवामा पार्ने रणनीति बनाएको भन्दै देउवाले गुनासो गर्दै आउँनुभएको थियो ।

अहिले त नेता कोइरालाले खुलेर नै आफू निकटहरुको बैठक बोलाउँनुभएको छ । केही दिनअघि देउवाले बरु पार्टी कार्यालयमा नै नेता कार्यकर्ताको भेला, बैठक बोलाउँनुहोस् आपत्ति छैन, तर सिमित गुट बाहिर बोलाएर आफूलाई संकटमा नपार्न भन्नुभएको थियो ।

तर आगामी चुनावको रणनीति र सरकार सञ्चालनमा देउवा असफल भएका कारण पार्टीलाई माथी उठाउँन कदम चाल्न बाध्य भएको कोइराला निकट एक नेताले बताउँनुभयो ।

त्यही कारण आफू निकट नेताहरुसँग कोइरालाले छलफल हुनुहुन्छ । छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताउनुभयो ।

छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ । यसअघि बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।

५ भातृ संस्थाको अध्यक्ष तोक्ने क्रममा आफ्नो समूहसँग परामर्श नगरी एकलौटी गरेको भन्दै कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट छ । यसअघि सो समूहका नेता–कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबरहरु