राजविराज, माघ १८ – भारतबाट खुर्सानी र जिरासहितको झोलामा हतियार लिई नेपालतर्फ आउँदै गरेको अवस्थाबाट शनिवार राति एक युवकले सप्तरीको बनैनियाँ गाविसस्थित सीमावर्ती क्षेत्रमा फालेर गएको झोलाबाट सशस्त्र प्रहरीले सिक्सरसहित तीन थान बन्दुक बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ हतियार भित्रिंदै गएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले सप्तरीस्थित सबै भारतीय नाकाहरुमा उच्च निगरानी बढाएको थियो । सोही क्रममा शनिबार राति साढे ७ बजेको समयमा बनैनियाँ गाविस ६ स्थित कमलपुरमा खटिएका सादा पोशाकाका सशस्त्र प्रहरीका असई सरोज यादव नेतृत्व टोलीले भारतबाट झोला लिएर आउ“दै गरेको यूवकलाई रोक्नसाथ झोला फालेर चारसय मिटर दक्षिण रहेको भारतीय गाउँ सुब्बा टोल हुँदै भागेको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रमुख एसपी हृद्यनारायण मण्डलले जानकारी दिए ।

सशस्त्र प्रहरीले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त हतियार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको हतियारहरुमा एक थान रिभलवर, दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली रहेको छ ।

हतियार छाडेर भागेका युवकहरुको खोजी कार्य हिजो राति सशस्त्र प्रहरीका डीएसपी निरकृष्ण अधिकारी नेतृत्वमा खटिएका थप टोलीले जारी राखेको छ । भारतीय गाउ“मा नजिकै रहेकाले सादा पोशाकाका प्रहरीलाई देख्नासाथ ती युवकले झोला फालेर भागेको र पछि झोला सर्च गर्दा हतियार रहेको सशस्त्र प्रहरीका डीएसपी निरकृष्ण अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबरहरु