काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व केपी शर्मा ओलीले आफूलाई भ्रष्ट्रारी भनेर आरोप लगाईनु इतिहासकै गलत भएको दावी गर्नुभएको छ ।

उहाँले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने र त्यो अरुसँग जोडिर भनिनुनैपनि गलत भएको बताउनुभयो ।

तर सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएको प्रति उहाँको गुनासो छ । सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको ओलीको भनाइ छ ।

आज काठमाडौंमा आयोजित युवा सम्बन्धि कार्यक्रममा ओलीले भन्नुभयो, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’

उहाँले थप्नुभयो, ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? त्यसकारण यो कुरा सम्भव छैन ।’

स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गन्तव्य तोकेर अगाडि बढ्न सक्ने कोही नहुँदाखेरि अर्काले गर्यो भने सबै उस्तै हो, कसैले पनि केही गर्न सक्दैन, कसैले पनि केही देख्दैन, कसैले पनि केही गर्दैन, कसैसँग भिजन छैन, यस्तो हल्ला चलाउँछन् ।

अर्को के चलाउँछन् भने अल आर करप्ट (सबै भ्रष्ट छन्) । अफकोर्स दे आर करप्ट ।’

सम्बन्धित खबरहरु