काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोली चलेको छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइयो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले तीनवटा गोली चलेको सुनेका छन् । प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

हालसम्म कुनै पनि क्षतिको विवरण आएको छैन । केन्द्रीय प्रहरीले विमानस्थलमा थप खोजी गरिरहेको छ ।

यस सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा सबैले गरिरहेका छन् । टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।

अष्ट्रेलिया आधिकारिक रूपमा अष्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्धको महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा रहेका छन् ।

अष्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो, जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड पर्दछ ।

सम्बन्धित खबरहरु