काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म तेस्रो पटक प्रधानमन्त्री बनिसक्नु भएको छ ।

तर तीन पटक देशको प्रधानमन्त्री र देशकैं ठूलो पार्टीको नेतृत्व गरिरहनु भएका ओलीका नातेदारबारे धेरैलाई थाहा छैन् ।

छोरा-छोरी मात्रै नभएर ज्वाँइ र बुहारीलाई पनि नेताको नातेदार भएकै कारण पद दिने गरिएको नेपालमा ओली एक फरक उदाहारण बन्नु भएको छ ।

प्राय: परिवारका बारेमा कुरा नगर्ने अध्यक्ष ओलीले अन्नतस् यसबारे मुख खोल्नुभयो । एमाले अध्यक्ष ओलीका अनुसार उहाँका एक भाइ हुनुहुन्छ ।

उहाँले अहिले गाउँमा नै वडा कमिटीमा रहेर काम गरिरहनु भएको छ । राजनीतिमा नातावादको चरम दुरुपयोग बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको भन्दै आफ्नै भाईको उदाहारण दिनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मेरो एक जना भाइ (जयप्रसाद) छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ ।’ ओलीले आफ्नो श्रीमती राधिका शाक्य पनि राजनीतिमा नआउने स्पष्ट पार्नुभयो ।

राजधानीमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, जुवाईँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको बताउनु भएको हो ।

तपाईंलाई जानकारी गराउ अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीले दोश्रो विवाह पनि गर्नुभएको हो । मोहनप्रसादको पहिलो विहे मधुमाया ओलीसँग भएको थियो ।

मधुमायाको कोखबाट वर्तमान एमाले केपी शर्मा ओलीको जन्म भयो । दोश्रो विवाहबाट ओलीका भाइ जयप्रसाद (जेपी) ओली र बहिनी विष्णुदेवी शिवाकोटी हुनुहुन्छ । ओलीका बुवा आफ्नै गृह जिल्ला झापामा बस्दै आउनु भएको छ ।

सम्बन्धित खबरहरु