काठमाडौं । भिजिट भिसामा विभिन्न देश हिँडेका ९ जनालाई अध्यागन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको छ।

उनीहरुको यात्रा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले शुक्रबार उनीहरुलाई अफलोड गरेको हो।

अध्यागमनका एक कर्मचारीका अनुसार अफलोड हुनेमा मलेसिया हिँडेका गुल्मीका दिलबहादुर थापा, कतार हिँडेकी मोरङकी बल्मा चौधरी, युएई हिँडेकी गुल्मीकी सिरता विक, पाल्पाकी विष्णु कार्की रहेका छन्।

त्यस्तै थाइल्यान्ड हिँडेका कास्कीका सुमी लामा, झापाका प्रदीप मैनाली र गोरखाका सुशील श्रेष्ठ र देश नखुलेका बर्षा राई र किशोर नेपाली रहेका छन्।

भिजिट भिसा सम्बन्धमा गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेको भन्दै उनीहरुलाई उडान अनुमति नदिएको ती कर्मचारीको भनाइ छ।

मापदण्‍ड पूरा नगरी विभिन्न बहानामा पछिल्लो समय भिजिट भिसामा जानेको संख्या बढेको छ। अध्यागमन कार्यालयले पनि भिजिट भिसामा जानेहरुको कडाइ गरेको छ।

केही दिनअघि युएई हिँडेकी १८ जना महिलालाई अध्यागमन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको थियो।

सम्बन्धित खबरहरु