काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रीत भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा राष्ट्रिय आर्थिक मासिकको १२ औं वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश बिकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताउनुभएको हो ।

उहाले आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह््रो नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसंग खेलबाड गर्न नहुने बताउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाउनुभयो ।

उहाले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताउनुभयो ।

अहिले सवैको ध्यान मुलुकको बिकासमा केन्द्रीत हुनुपर्ने भएपनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उहाले बताउनुभयो ।

उहाले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

सम्बन्धित खबरहरु