काठमाडौँ । थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

शनिबार काठमाडौं, बुटवल र दाङको अडिसन सकिएसंगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो ।

अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो । यसअघि भएको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टिकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।

उनीहरुलाई ग्राण्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ । प्रशिक्षणबाट निखारिएपछि ग्राण्ड फिनालेमा आफ्नो प्रतिभा देखाउँदै प्रतियोगिताको ताज पहरिने छन् ।

प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने छन् । यस्तै विशेष उपहारको समेत केहीदिनमा घोषणा गर्ने तयारीमा आयोजक रहेको छ । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ ।

गत सम्पन्न तेस्रो संस्करणको ग्राण्ड फिनाले चितवनमा गरिएको थियो । काठमाडौँ ग्राण्ड फिनाले भव्य बनाउन अहिलेदेखि नै तिव्र तयारी थालिएको इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

 

सम्बन्धित खबरहरु