काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि भएको आतङ्ककारी हमलामा दुई सैनिकको मृत्यु हुनाका साथै अर्का एक जना अधिकृत घाइते भएको सेनाले आइतबार जनाएको छ ।

शनिबार अबेर राति सुरक्षा बलले सो प्रान्तको हर्नाई जिल्ला नजिकै खोस्ट क्षेत्रमा भएको अग्नि आक्रमणलाई विफल पारेको थियो ।

आगलागी गरेर भागेका आतङ्ककारीहरूलाई लखट्ने क्रममा दोहोर झडप हुँदा उक्त घटना घटेको हो।

झडपका क्रममा दुई जना सिपाहीको मृत्यु भएको छ भने अर्का अधिकृत घाइते भएका छन् ।

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली
क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ ।

उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले बिहीबार जानकारी दिनुभयो । उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उहाँले बताउनु भयो ।

सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेका मध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो ।

क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरुलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत् सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउने तर्फ आफूहरु सधैँ उच्च सतर्क रहेको पनि बताउनु भएको छ ।

उहाँका अनुसार मध्य अफ्रिकी मुलुक म्यामरुनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलो पटक हो ।

सम्बन्धित खबरहरु