गोरखा । पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा पक्राउ
तनहुँ । म्याग्दे गाउँपालिका-२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार २ सय २३ रुपैयाँ र २ सय १४ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु