काठमाडौं । नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-५ बाईपास चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रकले लु.१ ख ९५७७ नम्बरको बसलाई शनिबार दिउँसो ठक्कर दिँदा बसमा सवार नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ बस्ने ३० वर्षीया बिनु शाहीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको सोही अस्पतालमा र १ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएर हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाही, लालबन्दी नगरपालिका-५ रंजितपुरस्थित सडकमा ना.५ त ९९७१ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टरले थिचेर गम्भिर घाईते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाडीको ठक्करबाट एक जनाको मृत्यु
बारा । जितपुरसिमरा उपमहानगरपालिका-९ पथलैया वीरगंज सडक खण्डको महागढी माई पेट्रोल पम्प नजिक प्र.२-०३-००१ च ६२१० नम्बरको गाडीले साइकललाई आइतबार बिहान ठक्कर दिँदा साईकलयात्रु वीरगंज महानगरपालिका-३२ परसवा बस्ने भारत घर भएका ४२ वर्षीय कनहाई साह तेलीको घटनास्थलमै मृत्यु भएको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु