काठमाडौं । भोजपुर नगरपालिका-२ छोकला बस्ने देवराज तामाङको १० वर्षीय छोरा अभिष तामाङको रुखको हाँगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।

तामाङको हाँगाले लागेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ चपुरस्थित होटल संचालन गर्ने गुजरा नगरपालिका-९ सिमरा भवानिपुर घर भएका ३९ वर्षीय युगल किशोर चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

होटलको लागि पानी तान्न मोटर चलाउने क्रममा अचानक विद्युतको तार सर्ट हुँदा करेन्ट लागी वेहोस भएका उनको चपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देही, देवदह नगरपालिका-९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।

दाङ, लमही नगरपालिका-६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार दिउँसो मृत्यु भएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका-१ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु