काठमाडौं । बहुचर्चित नागरिकता विधेयक नेपालका दुबै सदनले पारित गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउँनुभएको छ ।

सर्वत्र विरोध भएपछि १५ बुँदे सन्देश सहित उहाँले प्रतिनिधि सभामा नै फिर्ता पठाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएने बुँदा रहेकाले पुनर्विचार गर्न आवश्यक भएको उल्लेख गर्दै उक्त १५ बुँदालाई सम्वोधन गरेर फेरी सदनबाट पारित गर्न निर्देश गर्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँनुभएको छ ।

राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालका अनुसार राष्ट्रपतिको सन्देशमा ९ वटा विषय उठाइएको छ ।

राष्ट्रपतिको सन्देशमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेश किन स्वीकृत गरियो र अहिले नागरिकता विधेयक किन पुनर्विचार गर्न भनिएको हो भन्ने समेत खुलाइएको उहाँले जानकारी दिनुभयो ।

प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ, संविधानको धारा ११३ मा भनिएको छ।

सोही धारालाई पक्रिएर उहाँले विधेयक फिर्ता पठाउँनुभएको देखिन्छ ।

 

सम्बन्धित खबरहरु