काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालका दुबै सदनले पारित गरेको नागरिकता विधेयक सदनलाई नै फिर्ता गर्नुभएको छ ।

उहाँले मात्र हैन तत्कालिन राजा वीरेन्द्र वीर बिक्रम शाहलेपनि नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो ।

यसअघि वि.सं. २०५७ सालमा नेपाली कांग्रेसको बहुमतको एकल सरकार भएको बेला प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा राजा वीरेन्द्रले लालमोहर लगाउँनुभएन ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक नेकपा एमाले र राजाबाट मनोनीत सांसदहरूको बहुमत रहेको राष्ट्रिय सभाबाट पारित भएको थिएन।

तर राष्ट्रिय सभाको निर्णय बाध्यकारी नहुने अहिलेको जस्तै संवैधानिक व्यवस्थाका कारण प्रतिनिधिसभाले पुनः पारित गरेर विधेयक लालमोहरका लागि दरबार पठाइएको थियो।

त्यस बेला पनि गैरनेपालीहरूले नेपाली नागरिकता पाउने अवस्था संशोधनले सिर्जना गरेको भन्दै अहिलेको जस्तै विरोध भएको थियो, संसद्का तत्कालीन महासचिव सूर्यकिरण गुरुङले जानकारी दिनुभयो । (बीबीसी)

राजाले विधेयकमा लालमोहर नलगाई सर्वोच्च अदालतको राय माग्नुभएको थियो । अदालतले विधेयक संविधानसम्मत छैन भनेपछि त्यो कानुन बनेन ।

 

सम्बन्धित खबरहरु