काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि अहिले नेपालमा सच्चा देवीको आगमन भएको भन्दै प्रसंशा भइरहेको छ ।

केहीले त जब-जब देशमा संकट पर्छ तब-तब देवीको आगमन हुन्छ भन्दै प्रसंशा गरिरहेका छन् ।

वास्तवमा आज नेपालको राष्ट्रियता, स्वाधिनता, अखण्डतामा दिर्घकालिन असर पर्न सक्ने भनिएको नागरिकता विधेयक केही समयका लागि भएपनि रोकिएको छ ।

यो कदमका लागि आम नेपालीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कृतज्ञता प्रकट गरिरहेका छन् । उहाँले यो मात्र ऐतिहासिक कदम उठाउँनुभएको होइन । यसअघि २०७६ जेठमा राष्ट्रपति भण्डारीले राहदानी विधेयकपनि फिर्ता गर्नुभएको थियो ।

प्रतिनिधिसभाबाट मात्र पारित भएको तर संसद् अधिवेशन नरहेका कारण राष्ट्रिय सभाबाट पारित नभइकन प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि दुवै सदनबाट पारित गरिएको थियो।

त्यसअघि रामवरण यादव राष्ट्रपति रहेको समयमा पनि सरकारले पठाएका विभिन्न अध्यादेश प्रमाणीकरण नगरी रोकिदिएको रेकर्ड छ ।

तत्कालीन संविधानसभा विघटनपछि कामचलाउ सरकारका प्रधानमन्त्री रहनुभएका बाबुराम भट्टराई नेतृत्वको सरकारले सिफारिस गरेका धेरै विधेयक यादवले प्रमाणीकरण नगरी थाती राखिदिनुभयो ।

उहाँले अहिलेपनि उक्त कदमले देश बचाएको भन्दै सार्वजनिक रुपमा नै भन्दै आउँनुभएको छ ।

 

सम्बन्धित खबरहरु