काठमाडौं । परोपकारी अभियानका लागि पूर्व युवराज्ञी हिमानी शाह अष्ट्रेलिया पुग्नु भएको छ ।

नेपाली राजपरिवारका तीन सदस्य यतिबेला अष्ट्रेलियामा पुगेको हो ।

पूर्व युवराज्ञी हिमानी शाह, पूर्व अधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह परोपकारी कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया पुग्नु भएको छ ।

नेपाली बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन टोली सिड्नी पुगेको हो ।

हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले यसको पुष्टि गर्नुभयो । सिड्नी पुगेकी पुर्व युवराज्ञी शाहको टोलीको सम्मानमा सिड्नीको संसद भवनमा रात्री भोजको कार्यक्रमको आयोजनासमेत गरियो ।

उक्त, कार्यक्रममा बोल्दै पूर्व युवराज्ञी शाहले नेपाल र अष्ट्रेलियाबीचको दौत्य सम्वन्ध स्थापनामा राजपरिवारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

राजा महेन्द्र र वीरेन्द्रको अष्ट्रेलिया भ्रमण र दुई देशबीचको आपसी सहयोगले पनि त्यो कुरा प्रष्ट हुने हिमानीले बताउनुभयो । आफ्नो परोपकारी अभियानमा जोडिएका सबै नेपाली मनलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

सम्बन्धित खबरहरु