काठमाडौं । तपाईं आफैंले वा सँगै भएको व्यक्तिलाई लागेको खोकीबारे अनुभव गरेको हुनुपर्छ ।

तर के तपाईंलाई थाहा छ, सुख्खा खोकी कसरी लाग्छ ? एलर्जीदेखि एसिड रिफ्लक्ससम्म धेरै चीजहरूले सुख्खा खोकी निम्त्याउन सक्छ ।

सोही समयमा, कतिपय अवस्थामा सुख्खा खोकीको कुनै खास कारण पनि हुँदैन ।

कारण जेसुकै भए पनि, लगातारको सुख्खा खोकीले तपाईंको दैनिक जीवनलाई गम्भीर रूपमा असर गर्दछ । विशेष गरी यदि यो रातमा सुरु भयो भने धेरै गाह्रो हुन्छ ।

सुख्खा खोकी कति लामो समय रहन्छ ?
यदि भाइरल संक्रमणको कारण सुख्खा खोकी लागेको हो भने, यो ८ हप्तासम्म जारी रहन सक्छ । त्यसैले सुख्खा खोकीलाई गम्भीर मानिन्छ । यो वयस्कहरूमा ८ हप्ता र साना बच्चाहरूमा ४ हप्तासम्म रहन सक्छ ।

योभन्दा लामो समयसम्म खोकी लाग्नु घातक रोग पनि हुन सक्छ । जसमा, फोक्सोमा क्यान्सरको संकेत पनि पर्छ । सामान्यतया रातमा सुख्खा खोकी बढी कष्टकर हुन्छ ।

सुख्खा खोकीलाई कहिलेकाहीँ ड्राई कफ सिरफले पनि ठिक गर्न सक्दैन । यस्तो अवस्थामा घरेलु उपायको सहायताले यसबाट मुक्ति पाउन सकिन्छ । आज हामी त्यस्ता केही घरेलु उपचार विधिबारे चर्चा गर्न गइरहेका छौँ ।

तातो पानी–मह
अमेरिकाको नेश्‍नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेशन (एनसीबीआई) मा प्रकाशित एक अध्ययन अनुसार, वयस्क र एक वर्ष वा माथिका बच्चाहरुको लागि, महले सुख्खा खोकीबाट राहत प्रदान गर्न सक्छ ।

वास्तवमा, महमा एन्टिब्याक्टेरियल गुणहरू पाइन्छ, जसले पोल्ने कम गर्न, घाँटीमा राहात प्रदान गर्न मद्दत गर्दछ । तपाईं दिनमा धेरै पटक १ चम्चा मह चिया वा तातो पानीमा मिसाएर पिउन सकिन्छ ।

बेसार–कालो मरिच
बेसारमा कर्क्युमिन नामक कम्पाउण्ड हुन्छ, जसमा एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टी ब्याक्टेरियल गुण हुन्छ । जसकारण सुख्खा खोकीलगायत धेरै समस्यामा फाइदा पुग्छ ।

कालो मरिचसँग खाँदा कर्क्युमिन रगतमा राम्रोसँग घुलमिल हुन्छ । सुन्तलाको जुस जस्तो पेय पदार्थमा १ चम्चा बेसार र १–२ चम्चा कालो मरिच मिसाएर सेवन गर्दा फाइदा लिन सक्नुहुन्छ ।

अदुवा–नुन
एक अध्ययनका अनुसार अदुवामा एन्टिमाइक्रोबियल (ब्याक्टेरिया नष्ट गर्ने) गुण हुन्छ । यसरी सुख्खा खोकीबाट राहत पाउन मद्दत पुग्छ । अदुवाको सानो टुक्रा लिनुहोस्, त्यसमा एक चिम्टी नुन छर्क्नुहोस्, अनी मह लगाएर दाँतमुनि थिच्नुहोस् । त्यसरी अदुवाको रसलाई बिस्तारै मुखभित्र जान दिनुहोस् । करिब ५–७ मिनेट राखेपछि कुल्ला गर्नुहोस् ।

घिउ–कालो मरिच
घिउमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । त्यसले घाँटीलाई नरम राख्ने काम गर्छ । कालो मरिचको धुलोमा घिउ मिसाएर खाँदा सुख्खा खोकीबाट छुटकारा पाउन धेरै राहत मिल्छ ।

नुन–पानी
नुन पानीले कुल्ला गर्दा पनि सुख्खा खोकीबाट राहत मिल्छ । खोकीका कारण हुने असुविधा र पोल्ने पीडालाई कम गर्न धेरै मद्दत पुग्दछ । नुन पानीले मुख र घाँटीमा भएका ब्याक्टेरियालाई पनि मार्न सहयोग गर्छ । त्यसका लागि, ठूलो गिलास तातो पानीमा एक चम्चा नुन मिलाउनुहोस् । त्यसपछि दिनमा पटक पटक कुल्ला गर्नुहोस् ।

अन्त्यमा, यो लेख सामान्य जानकारीको लागि मात्र हो । यो कुनै पनि हिसाबले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन । समस्या हुँदा आवश्यक थप जानकारीका लागि सधैं आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

 

सम्बन्धित खबरहरु