काठमाडौं । संसदले प्रमाणीकरणका लागि पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएपछि सत्तारूढ दलहरूले असन्तुष्टि जनाउँन थालेका छन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले विधेयक फिर्ता हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

आइतबार साँझ यादवले भन्नुभयो, लामो समयदेखि नागरिकता नपाएर उच्च शिक्षा लिनेजस्तो मौलिक हकबाट बञ्चित भएकाहरूका लागि यो निर्णय दुर्भाग्यपूर्ण छ।

उहाँले यसअघि यस्तै व्यवस्था भएको अध्यादेश पनि राष्ट्रपति कार्यालय गएको स्मरण गर्नुभयो ।

यो विधेयक त पहिला पनि अध्यादेशको रूपमा गएकै थियो। रातारात उहाँहरू पास गराउने तरखरमा हुनुहुन्थ्यो। यो विधेयक त्यही अध्यादेशको विषयवस्तु नै हुबहु गएको र दुबै सदनबाट पारित भएको अवस्थामा गएको थियो।

लामो समयसम्म नागरिकहरू अनागरिक भएको पीडालाई सबै माननीयहरूले चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ भन्नुभएको थियो, यादवले भन्नुभयो, नागरिक भएर पनि अनागरिकसरह पीडा भोगिरहेकाहरूलाई आजको निर्णयले असह्य पीडा भएको होला। म यसप्रति दु:ख व्यक्त गर्दछु ।

 

सम्बन्धित खबरहरु