काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी सबैको अभिभावक बन्न नसकेको टिप्पणी गर्नुभएको छ ।

संघीय संसदबाट पारित नागरकिता विधेयक पुनर्विचारको लागि फिर्ता पठाए लगत्तै उहाँले राष्ट्रपति भण्डारीले लाखौं नागरिकता पीडितको अभिभावकीय भूमिका खेल्न नसकेको गुनासो गर्नुभएको हो ।

संविधानतः फिर्ता गर्न मिल्छ तर अभ्यास थिएन। राष्ट्रपतिले स्वतन्त्र अभिभावकीय भूमिका खेल्नुपर्छ, उहाँले भन्नुभयो, विगतमा आस्था राख्ने पार्टीसँग उहाँको धारणा मिल्यो। यो दुःखद कुरा हो।

नेकपा एमालेले नागरिकता सम्बन्धी विधेयकको विरोध गरेको थियो।

लाखौंले नागरिकता नपाएर सिमकार्ड समेत नपाएको भन्दै पुनले जनताको पीडालाई राष्ट्रपतिले नजरअन्दाज गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी सबैको अभिभावक बन्न नसकेको बताउनुभयो ।

संसदबाट पारित नागरकिता विधेयक पुनर्विचारका लगि फिर्ता पठाएलगत्तै उहाँले भन्नुभयो, राष्ट्रपति भण्डारीले लाखौं नागरिकता पीडितको अभिभावकीय भूमिका खेल्न सक्नुभएन ।

बाबुआमाको नागरिकता छ, छोराछोरीले नागरिकता पाएका छैनन्। उनीहरूले सिमकार्ड समेत पाउँदैनन्,ु उहाँले भन्नुभयो, बैंक खाता खोल्न, विदेश जान, पढ्न जान पाउँदैनन्। यहीँ पनि कुनै जागिर गर्न पाउँदैनन्। त्यस्तो बिजोग छ। अमानवीय अवस्था छ। राष्ट्रपति सबैको अभिभावक बन्न सक्नु भएन उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु