काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोमा आपत्ति जनाउँनुभएको छ ।

प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको उहाँको धारणा छ ।

नेपाली नागरिकलाई नागरिकता विहीन नबनाउने कुरा संविधानमै उल्लेख छ। राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र हो यादवले भन्नुभयो ।

राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत भएको यादवको बुझाई छ ।
राज्यभित्रै कसैलाई पनि अनागरिक बनाइनु हुँदैन। नागरिकताबाट बञ्चित गराउने गरी विधेयक फिर्ता गरिनु हुँदैथ्यो। उहाँबाट अभिभावकीय दायित्व पूरा भएन, यादवले भन्नुभयो ।

संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाउँनुभएको छ । उहाँले विभिन्न बुँदामा सन्देश समेत दिनुभएको छ ।

विधेयक प्रमाणीकरणमा भएको ढिलाइबारे जसपाले आइतबारको संसद बैठकमा समेत राष्ट्रपतिमाथि प्रश्न उठाएको थियो।

सम्बन्धित खबरहरु