काठमाडौं । नेपालका चर्चित अभिनेत्रीहरु अहिले विदेशमा छन् । स्वस्तिमा, प्रियंका र नीति अमेरिका छन् भने पूजा शर्मा अष्ट्रेलियामा छिन् ।

अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह एक फेशन शोमा सहभागी हुन अमेरिका गएका हुन ।

उनीहरुका घुमघामका तस्वीर फेसबुक, इस्टाग्राम लगायतका सामाजिक सञ्जालमा भरिएका छन् ।

उनीहरु अमेरीकाका विभिन्न ठाउँमा घुमेको तस्वीरमा देख्न सकिन्छ । उनीहरु शनिबार अमेरिकाको न्युयोर्क स्थित ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए ।

त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ ।

तस्वीरमा तीनैजना सुन्दरी स्लिभलेस पहिरनमा हट र ब्युटीफुल देखिएका छन् । मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन न्युयोर्क पुगेका उनीहरुले त्यहाँबाट लगातार आकर्षक तस्वीर पनि सार्वजनिक गरिरहेका थिए ।

मिस नेपाल प्रियंका अमेरिकामा अझै एक साता रहनेछिन्, जहाँ उनले मिस वल्र्डको ब्युटी विथ पर्पस प्रोजेक्टको लागि दाता जुटाउने कार्यक्रम छ । स्वस्तिमा र नीति काठमाडौं फर्किएपछि फिल्मको काममा व्यस्त हुने तयारीमा छन् । तस्वीर : मिस नेपाल उत्तर अमेरिका

सम्बन्धित खबरहरु