काठमाडौं । चर्चित अभिनेत्री स्वस्तिमा खड्का यतिवेला अमेरिकामा छिन् । त्यहाँबाट आएको उनको अवतारले सबै चकित बनेका छन् ।

उनी समुन्द्रमा पुरै खुलेकी छिन् । स्वस्तिमा एक फेशन शोमा सहभागि हुन अमेरिका गएकी हुन ।

स्वस्तिमाका खड्का फेसबुक, इस्टाग्राम अमेरिकाका विभिन्न ठाउँमा खिचिएका तस्वीरहरुले भरिएका छन् । ती सार्वजनीक भएका फोटाहरु मध्ये समुन्द्री किनारमा लिएका तस्वीरहरुको पनि निकै चर्चा भइरहेको छ । उनी अमेरिका घुमघाम र फेशन शोको लागि गएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् ।

तस्वीर हेर्दा अन्य अभिनेत्रीहरुलाई जस्तै अमेरीकाको हावाले उनलाईपनि नछोएको भन्न सकिन्न । अमेरीका पुगेर उनी बोल्ड अवतारमा देखा परेकी छिन् । उनी कालो कलरको टुपीसमा एक समुन्द्री किनारको बिचमा उभिएर लिएको तस्वीर सामाजिक सञ्जालका पोष्ट गरेकी छिन् ।

त्यसो त स्वस्तिमालाई अभिनयमा एकदमै खारिएकी अभिनेत्रीको रुपमा पनि चिनिने गरिन्छ । केहि समय अगाडि उनको मुख्य अभिनयमा रहेको चिसो मान्छे चलचित्र प्रर्दशनमा आएको थियो । उक्त चलचित्रले बक्सअफिसमा राम्रो कलेक्शन गर्न नसकेता पनि अभिनेत्री स्वस्तिमाको अभिनयलाई लिएर ब्यापक चर्चा भने भएको थियो ।

अभिनेत्री स्वस्तिमा खड्कासँगै मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाहपनि अमेरिकामा छन् । उनीहरु एकसाथ एक फेशन शोमा सहभागी हुन अमेरिका गएका हुन ।

उनीहरुका घुमघामका तस्वीर फेसबुक, इस्टाग्राम लगायतका सामाजिक सञ्जालमा भरिएका छन् । उनीहरु अमेरीकाका विभिन्न ठाउँमा घुमेको तस्वीरमा देख्न सकिन्छ ।

उनीहरु शनिबार अमेरिकाको न्युयोर्क स्थित ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ ।

तस्वीरमा तीनैजना सुन्दरी स्लिभलेस पहिरनमा हट र ब्युटीफुल देखिएका छन् । मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन न्युयोर्क पुगेका उनीहरुले त्यहाँबाट लगातार आकर्षक तस्वीर पनि सार्वजनिक गरिरहेका थिए ।

मिस नेपाल प्रियंका अमेरिकामा अझै एक साता रहनेछिन्, जहाँ उनले मिस वल्र्डको ब्युटी विथ पर्पस प्रोजेक्टको लागि दाता जुटाउने कार्यक्रम छ । स्वस्तिमा र नीति काठमाडौं फर्किएपछि फिल्मको काममा व्यस्त हुने तयारीमा छन् । तस्वीर स्रोत : स्वस्तिमा खड्का इन्ष्टाग्राम

सम्बन्धित खबरहरु