काठमाडौं । साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुईचो लागेको छ ।

ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजन पुगेका थिए । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर इ.सं.१४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएका थिए ।

यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ ।

https://youtu.be/TeoaU-ECjH0

सनातन हिन्दू धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रयले जन्म लिएका हुन्, दत्तात्रयलाई दत्तात्रेय नामले पनि पुकारिन्छ ।

अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ। त्यस्तै दत्तात्रेयलाई शैवमार्गीहरू भगवान शिवको अवतार हो भन्दछन् भने वैष्णवहरू भगवान् विष्णुको अंशावतार मान्दछन्।

ब्रह्माजीका मानसपुत्र महर्षि अत्री यिनका पिता हुन् र कर्दम ऋषिकी कन्या र साङ्ख्यशास्त्रका प्रवक्ता कपिलदेवकी दिदी सती अनुसूया यिनकी माता हुन्। श्रीमद्भागवतमा महर्षि अत्रि तथा माता अनुसूयाका सुपुत्रका रूपमा त्रिदेव(ब्रह्मा, विष्णु र महादेव)को अंशद्वारा तीनजना छोरा जन्मिएको प्रसङ्ग प्राप्त हुन्छ।[

पुराणहरूबमोजिम यिनका तीनवटा मुख, छवटा हात भएको त्रिदेवमयस्वरूप छ। चित्रमा यिनका पछाडि एउटा गाई र यिनका अगाडि चारवटा कुकुर देखिन्छ।

डुमरीको रुखको छेउमा यिनको निवास भनिएको छ। विभिन्न मठ, आश्रम र मन्दिरमा यिनको चित्रमा वर्णित प्रतिमा र विग्रहको दर्शन गर्न सकिन्छ।

दत्तात्रेय नाथ सम्प्रदायको नवनाथ परम्परामा अग्रज आचार्य हुन्। अनि यिनी रसेश्वर सम्प्रदायका प्रवर्तक हुन् भन्ने चलन पनि छ। भगवान् दत्तात्रेयबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो।

सम्बन्धित खबरहरु