काठमाडौं । भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार (आज) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केसी विरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।

केसीको शैक्षिक योग्यता अध्यक्ष बन्नका लागि पर्याप्त नभएको भन्दै उहाँको नियुक्तिविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट परेको थियो ।

उक्त मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।उक्त नियुक्त विरुद्ध फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गर्नुभएको हो ।

सम्बन्धित खबरहरु