काठमाडौं । अभिनेत्री श्वेता खड्का पहिलोपटक आमा बन्दैछिन् । उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।

पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर खड्काले पहिलो सन्तानलाई जन्म दिनेछिन् ।

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ । यतिबेला उनी घरमै आराम गरिरहेकी छिन् ।

लामो समयदेखि उनलाई सार्वजनिक कार्यक्रममा देखिएकी छैन् । उनले दोश्रो बिहे गरेकी हुन् ।

 

उनको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर विवाहको केही दिनमा नै अभिनेताको मृत्यु भयो ।

त्यसपछि उनले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरिन् ।

श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रको बिहे भएको हो । सार्वजनिक रुपमा केही नभने पनि श्वेताले सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेकी छन् ।

सम्बन्धित खबरहरु