काठमाडौं । जनता जागेपछि राजनीतिक दलका नेता कार्यकर्तापनि पछि हटेका छन् ।

काठमाडौंका मेयर बालेन (बालेन्द्र) साहले आफूलाई असफल बनाउँन राजनीतिक दलहरुले फोहोरी खेल खेलेको खुलाएपछि जनताको साथ मिलेको हो ।

राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका थिएनन् ।

राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको बुझेपछि त्यसको स्थानीयले प्रतिकार गरेका छन् ।

स्थानीय दिनेश कार्कीले स्थानीय पीडितको नाममा फोहोरमा राजनीति गर्नेहरुसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताउनुभयो । उहाँले राजनीति गर्नेहरुलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताउनुभयो ।

‘स्थानीय पीडितको नाममा राज्यसँग मिलेर राजनीति गर्नेहरूलाई अब कुदुले बन्चरे ल्यान्डफिल साइडमा आजबाट प्रवेश निषेध गरिएको छ,’ उहाँले भन्नुभयो ।

सय भन्दा बढी स्थानियले राजनीतिक दलका नेता कार्यकर्तालाई निषेध गरेपछि उनीहरु पछि फर्किएका छन् । यही क्रममा उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा समेत गरिदिएका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रका सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो ।

उहाले सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गर्नुभयो । ३ महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिकको टोलीलाई सहयोग गर्ने उहाले बताउनुभयो ।

उहाले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरुलाई अवान्चित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिनुभयो । प्राविधिक टोलीले तथ्यगत र स्थानीयको भावनालाई बुझेर रिपोर्ट बनाउनेमा आफु विश्वस्त भएको उहाको भनाई छ ।

सम्बन्धित खबरहरु