काठमाडौं । फोहोर फाल्न दिँदैनौ भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध उजुरी परेको छ ।

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै विज्ञप्ति निकाल्ने ३ जना विरुद्ध उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उनीहरुविरुद्ध उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालविरुद्ध उजुरी परेको हो ।

केही दिन पहिले तीन जनाले संयुक्त रुपमा व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गर्नुभएको थियो ।

३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको/गर्न लगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएका छन् । नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले यसको पुष्टि गर्नुभयो ।

सम्बन्धित खबरहरु