काठमाडौं । अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको भीषण विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता रहेको अर्मेनियाली अधिकारीले बताएका छन् ।

आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “उक्त घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । उक्त घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।”

विस्फोटपछि तीन तले भवन भत्किएको त्यहाँ रहेका दर्जनौ मानिस भग्नावशेषमा परेका थिए । विष्फोट भएको केही मिनेटमा नै उक्त स्थानमा स्थानीय, सुरक्षाकर्मी र तालिमप्राप्त उद्धारकर्मीहरू पुगी उद्धार सुरू गरेका अधिकारीहले बताएको छन् ।

घटनास्थलमा करिब ३५० अग्निनियन्त्रक र उद्धारकर्मीलाई परिचालन गरी जीवित व्यक्तिको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार नै उद्धार कार्यको निरीक्षण गर्नुभएको थियो । येरेभानस्थित सुरमालु सपिङ सेन्टरमा स्थानीइ समय अनुसार आइतबार शक्तिशाली विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बजारको आतसबाजी भण्डार गरी राखिएको गोदाममा विस्फोट भएको थियो । विस्फोटपछि घटनास्थलमा भीषण आगलागी भएको बताइएको छ । अधिकारीहरूले घटनाको कारणबारे विस्तृत जानकारी दिएका छैनन् ।

सम्बन्धित खबरहरु