काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको हो ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो जवाफ मागेको हो ।

अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ मागेको छ ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै उजुरी परेको थियो । उजुरी अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिनुभएको हो ।

उजुरीकर्ताहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश मागसहित उजुरी दायर गरेका हुन् । तर सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुबै पक्षलाई बोलाएको छ ।

सम्बन्धित खबरहरु