काठमाडौं । दर्जन बढी अमेरिकी सेनाको टोली नेपाल पुगेको छ । संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेनाको टोली नेपाल पुगेको हो ।

भोलि (मंगलबार) काठमाडौं र नगरकोटमा हुने संयुक्त सैन्य अभ्यासका लागि उनीहरु नेपाल पुगेको नेपाली सेनाले जानकारी गरायो ।

सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुने सेनाले बताएको छ । अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु पनि अमेरिकाबाटै ल्याइएको हो ।

विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स–ब्यालेन्स नेल’ अन्तर्गतको ३९‍औं संस्करणका लागि अमेरिकी सेना नेपाल आएको हो ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच मंगलबार संयुक्त अभ्यास हुनेछ ।

अर्कोतिर, नेपाल र चीनबीच हुने संयुक्त सैन्य अभ्यास भने कोरोना महामारीका कारण हुन सकेको छैन् ।

सम्बन्धित खबरहरु