काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै
मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो ।

केही दिन सो बाटो हुँदै हलुकाबाहेक सवारी साधन सञ्चालन नगर्न मेलम्ची नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । बनाउन केही समय लाग्ने भएकाले केही दिन सडक अवरुद्ध हुने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु