काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद संघलाई सुझाव दिनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नंवर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्जल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिनुभएको हो ।

कुलतमा फस्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा युवाहरुलाई बिभिन्न खेलमा आवद्ध गराए युवाहरुले सही बाटो समात्ने उहाले बताउनुभयो । थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन दिनुभयो ।

त्यस्तै थापाले खेल मार्फत समाज रुपान्तरणमा योगदान गर्न पनि सुझाव दिनुभयो ।

सम्बन्धित खबरहरु