काठमाडौं । फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

उहाँले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताउँनु भएको हो।

"म सबैलाई स्पष्ट पार्न चाहन्छु । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन फिजी र प्रशान्त क्षेत्रको लागि महत्त्वपूर्ण विकास साझेदार हो," उहाँले भन्नुभयो ।

बैनीमारमाले चीन र फिजीबीचको घनिष्ट सहयोगको थप उल्लेख गर्दै "चीनसँग फिजीको द्विपक्षीय सम्बन्ध बलियो रहेको र यसले पारस्परिक सहयोगका धेरै क्षेत्रहरू ओगटेको बताउँनु भएको छ। यो वर्ष हामीले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको ४७ वर्ष पूरा भएको छ।

विश्वव्यापी महामारीको समयमा पनि फिजीले चीनबाट विभिन्न किसिमका सहयोग आदानप्रदान, क्षमता निर्माण, पूर्वाधार, लगानी, व्यापार, रक्षा र चिकित्सा लगायत सहायता पनि प्राप्त गरेको छ।

सम्बन्धित खबरहरु