काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथी खनिनुभएको छ ।

काठमाडौंबाट फोहोर विर्सजन गर्न सवारी हिड्ने बाटोको भिडियो देखाउँदै बालेनले लेख्नुभएको छ, श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

यो बाटो प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीले ठेक्कामा लिएका हुन् ।

उनी विवाद नै विवादका भारी छन् । तरपनि प्रचण्ड उनकै घरमा बसिरहनुभएको छ । यसैले बालेनले उनै सारदाका अङ्गरक्षक भएको भनिदिनुभएको छ ।

यो सामान्य कुरा हैन । एक पूर्व प्रधानमन्त्रीलाई मेयरले कालो सूचीमा परेका राष्ट्रिय फटाहाको दर्जा पाएका ठेकेदारको अङ्गरक्षक भनिदिनुभएको छ ।

यसो त सारदा नेपालकै राष्ट्रिय फटाहाको सूचीमा छन् । राज्यले कालो सूचीमा राखेको छ । ठेकेदार कम्पनी कालो सूचीमा राखिनु भनेको यो कम्पनीका सञ्चालक राष्ट्रिय फटाहा हुन् । उनीहरुलाई काम नदिनु भनेर सूचिकृत गर्नु हो । यही भएर हामीले यो शब्द प्रयोग गरेका छौ । (जनबोली टीम)

कलंकी–नागढुंगा सडकखण्ड बिस्तारको म्याद चौथोपटक थप हुँदापनि बनाएनन् ।

योपनि उनैको ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले लिएको थियो । ककनीको बाटो बिगत ८ बर्ष देखि बनाएका छैनन् । तरपनि उनी खुलेर हिँडेका छन् । उनलाई प्रचण्डकै छत्रछायाँ परेको सामान्य मानिसले समेत बुझिसकेको छ ।

सम्बन्धित खबरहरु