काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा नेताको दबाबका कारण करार सेवामा कर्मचारी छनोट परीक्षा स्थगित भएको छ ।

मुख्य दलका केही नेताले आफ्नो मान्छे राख्नुपर्ने दबाब दिएपछि साउन २९ गते देखि भदौ १५ गते सम्म विभिन्न पदमा करार कर्मचारी छनोट परीक्षा स्थगित गर्नुपरेको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले बताउनुभयो ।

नगरपालिकाले साउन १ गते करार सेवामा विभिन्न शाखामा ३२ जना कर्मचारी आवश्यकतासम्बन्धी १५ दिने खुला सूचना प्रकाशन गरेर दरखास्त आह्वान गरेको थियो ।

मेडिकल अफिसर, स्टाफ नर्स, अनमी, ल्याब टेक्निसियन, रेडियो ग्राफर, फर्मासिस्ट, सर्वेक्षक, अमिन, नायब प्राविधिक सहायक कृषि, रोजगार सहायक, मनोसामाजिक परामर्सकर्ता, वित्तीय साक्षरता सहजकर्ता, कार्यालय सहयोगी र स्विपर पदमा खुला दरखास्त आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।

दरखास्त आह्वानको समय सकिएलगतै साउन २३ गते परीक्षा तालिका सार्वजनिक गरेको नगर पालिकामा साउन २९ गते स्टाफ नर्स र अनमीको परीक्षा तालिका रहेकोमा राजनीतिक दलका नेताले आफ्ना मान्छे राख्ने दबाब दिन थालेपछि सार्वजनिक सूचना जारी गर्दै सबै परीक्षा स्थगित गरिएको नगर प्रमुख रावतले जनाउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु